सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी, असार २५ । मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी उत्पादनमाथि भारतले लगाउने कर अब मान्य नहुने बताएका छन् । यसैक्रममा, भारतले अमेरिकी उत्पादनमाथि लगाएको कर नहटाएमा ठोस कदम उठाउने ट्रम्पले जनाएका छन् ।
‘भारतले लामो समयदेखि अमेरिकी उत्पादनमा कर लगाउँदै आएको छ । अब यसलाई सहन सकिँदैन ।’ ट्रम्पले ट्वीट मार्फत भनेका छन्,
भारतलाई अमेरिकी राष्ट्रपति ट्रम्पले गएको जुन महिनाको सुरुवातमा जी–२० बैठकभन्दा अघि ट्वीट गर्दै भारतले अमेरिकी उत्पादनमा लगाएको २८ प्रतिशत कर फिर्ता लिन आग्रह गरेका थिए।
यसैगरी भारतीय प्रधानमन्त्री मोदी जी–२० बैठकमा सहभागिता जनाउन जापानको ओसामा गएर दुई नेताबीच भेटवार्ता गरेको थियो ।
‘म भारतीय प्रधानमन्त्री मोदीसँग यो विषयमा कुरा गर्नेछु । भारतले अमेरिकी उत्पादनमाथि भारतीय बजारमा भारी कर असुलिरहेको छ । यतिमात्र नभई भर्खरै कर बढाएको छ । यो पूर्णरुपमा अस्वीकार्य छ, भारतले तुरुन्त फिर्ता लिइयोस्,।’ट्रम्पले भनेका थिए,
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा