सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार २४ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई आर्थिक वृद्धिदर हुने क्षेत्रमा मात्रै लगानी बढाउन निर्देशन दिए ।
मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच बोल्दै राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले आगामी आर्थिक वर्षमा ८ दशमलव ५ प्रतिशत आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्य पूरा हुने क्षेत्रमा मात्रै लगानी बढाउन बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएको हो ।
उक्त कार्यक्रममा बोल्दै गभर्नर नेपालले बैंक तथा वित्तिय संस्थाहरुले रोजगारीको अवसर सृजना गर्ने तथा गरिवी निवारण हुने क्षेत्रमा पनि लगानी बढाउनुपर्ने धारणा व्यक्त गरे ।
यसैगरी, निक्षेपकर्ताहरुको हितलाई नहेरी नेपाल राष्ट्र बैंकले ब्याजदर तोक्न नसक्ने पनि गभर्नर नेपालले स्पष्ट पारेका छन् । यसैक्रममा, गभर्नर नेपालले व्यापारीहरुले निक्षेपकर्ताहरुलाई मर्कामा पर्ने गरी ब्याजदर कायम राख्न दवाव दिन नमिल्ने धारणा राखे ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा