सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार २४ । नेपाली महिलाहरुको महान् चाड तीज नजिकिदै जाँदा तीज बिषेश गीत बजारमा आउन थालेका छन्।
यसैक्रममा, गायिका लक्ष्मी आचार्यले तीज बिषेश ‘फुङ्गालेर माइती देश’ गीत सार्वजनिक गरेकी छन् ।
उनले लोक शैलीमा तयार गरेको गीतमा घरको काम काज र तीजमा महिलालाई हुने उत्साहका विषय गीतमा समेटेकी छन् ।
उक्त गीत बिष्णु न्यौपानेको शब्द संगीत मिलेर बनेको छ ।
गीतको साथ-साथै म्युजिक भिडियो पनि तयार गरेको छ । गीतको भिडियोमा गायिका आचार्यले नै अभिनय गरेकी छन्। गीतको छायाँकन करण चैसिरको छ भने, प्रविन भट्टको सम्पादन रहेको गीतको भिडियो मौसम हिमालले निर्देशन गरेका छन्।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा