भर्खरै

हङकङले दियो नेपाललाई ९६ रनको सामान्य लक्ष्य, सागर ढकाल एक्लैले लिए ५ विकेट


 July 9, 2019     सेतो खबर

काठमाण्डौँ, असार २४ । एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट पूर्व क्षेत्रीय क्रिकेट प्रतियोगिताको फाइनलमा हङकङले नेपाललाई ९६ रनको सामान्य लक्ष्य दिएको छ ।

क्वालालम्पुरस्थित किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ४३ ओभर १ बलमा अलआउट हुँदै ९५ रन बनायो ।

हङकङका लागि आदित गोरावाराले २४, काल्हन चल्लुले १९ र रौनक कपुरले १२ रन बनाए ।

नेपालका सागर ढकालले ५ र कमल सिंह ऐरीले ३ विकेट लिए ।

अब केही बेरपछि नेपालले ब्याटिङ गर्नेछ ।

LIC
LIC



Ime Inside