सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सिन्धुली, असार २२ । आज-भोली ग्रामिण क्षेत्रमा बालबालिकाको स्वास्थ्यस्थिति खस्किँदै गएको छ । यसैक्रममा, सिन्धुलीको सुनकोशी गाउँपालिकामा ११ जना कुपोषित बालबालिका भेटिएका छन्। कुपोषित बालबालिका मध्ये चार जनाको अवस्था गम्भिर रहेको छ ।
सो गाउँपालिकाको सात वटै वडाको ६ महिना देखि २३ महिनासम्मका ३७८ जना बालबालिकाको पोषण अवस्थाको जाँच गर्दा खतराको अवस्थामा रहेका कुपोषित चार जना बच्चा र सावधानी लिनुपर्ने सात जना बच्चा भेटिएको थियो । उनीहरु खतराको सूचक रहेको जानकारी दिए ।
सुनकोशी गाउँपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्य सहसंयोजक माधव प्रधानले खतराको अवस्थामा रहेका बालबालिकालाई तत्काल विशेष किसिमको उपचारको आवश्यक देखिएको जनाए ।
खतराको अवस्थामा रहेका कुपोषित चार जना बालबालिकालाई तत्काल विशेष उपचार गर्न सहसंयोजक प्रधानले आग्रह गरे । उनले भने, ‘कुपोषित सात जनालाई घरकै खानपिनमा राम्रोसँग ध्यान दिएर घरेलु पोषणयुक्त खानेकुराहरु खुवाए उनीहरुको पोषण अवस्था ठिक हुनसक्ने अवस्था छ।’
यसैक्रममा, वडा नम्बर २ का तीन जना र वडा नम्बर १ का एक जना गरी चार जना खतराको अवस्थामा कुपोषण रहेको पाएको छ। स्वास्थ्य शाखाका अनुसार कुपोषित बालबालिका दलित, गरिब र आदिवासी जनजाति समुदायका रहेको थियो।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा