सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
संयुक्त अरब इमिरेट्स (यूएई) का उप–राष्ट्रपति तथा प्रधानमन्त्रि शेख मोहम्मद बिन राशद अल मखतुम (६९) को पत्नी हया बिंत अल हुसैन एक ब्रिटिश बडिगार्डसँग भागेकी छिन् । डेली मेलको रिपोर्ट अनुसार, शेखकी पत्नी ब्रिटेनमा आलीशान जीवन बिताइरहेकी छिन् । रिपोर्टमा भनिएको छ कि, हया ब्रिटेनमा राजनितिक शरण लिने र शेखसँग छोडपत्र गर्ने पुरा तयारीमा छिन् ।
४३४ करोड रुपैया र दुई बच्चा लिएर भागीन
हया आफनो २ बच्चासँग ४३४ करोड रुपैया लिएर भागेकी छिन । हयालाई यदि बेलायतमा शरण मिलेमा यसलाई लिएर यी दुबै देशको सम्बन्धमा पनि प्रभाव पर्न सक्दछ । बताइएको छ कि, हया जर्मनी हुदै बेलायत पुगेकी हुन् । जहाँ उनले बकिंघम प्यालेस गार्डेनमा एउटा घर किनेकी छिन् । जसको मुल्य एक अर्व ६० करोड बताइएको छ । बकिंघम प्यालेस गार्डेन एउटा यस्तो इलाका हो जहाँ, विश्वका महंगा घर छन् ।
खबर अनुसार, शेख र हयाका बिचको सम्बन्ध उनीहरुका छोरी लतीफाले घर छोडेर भाग्ने कोशिश गरे पछि बिग्रेको हो । हया जोर्डनका राजा अब्दुल्लाकी सौतेली बहिनी हुन् । अक्सफोर्डबाट पढेकी हया २० मे पछिदेखी न त सोशल मिडिया, न त सार्वजनिक रुपमा कतै पनि देखिइन ।
उनलाई समुन्द्रमा डुङगा सँगै समातिएको थियो । त्यो समय देखी कतै नदेखिदा सबैले उनलाई यूएईमा नै नजरबन्दमा राखिएको अनुमान गरिएको छ । लतीफाले आरोप लगाएकी थिइन कि उनी आफनो पिताको अत्याचारको कारण देशबाट फरार हुनको लागी विवश भएकी थिइन ।
शेखले लेखे कविता
पत्नी हयाले छोडे पश्चात शेख मोहम्मदले एउटा कविता पनि लेखेका छन् । जसमा उनले हयालाई अविश्वासी भनेका छन् । यो कवितालाई शेखले इस्टाग्राममा पनि शेयर गरेका छन् । अरबीमा लेखिएको यो कवितामा शेखले भनेका छन अब मसँग बस्ने तिम्रो कुनै पनि अधिकार छैन, तिमि मर वा बाँच मलाई केही फरक पर्ने छैन । जानकारी दिनु पर्दा शेखका अलग–अलग पत्निहरुबाट कुल २३ बच्चा छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा