भर्खरै

जनता बैंक र ग्लोबल बैंक मर्जरमा जाने


 July 5, 2019     सेतो खबर

काठमाडौँ, असार २० । ग्लोबल आइएमई बैंक र जनता बैंक मर्जरमा जाने सहमति भएको छ। ग्वलोबल बैंकले यो भन्दा पहिले मेगा बैंकसँग मर्जर गर्ने सहमति जनाएको थियो । यसैक्रममा, होटल सांग्रिलामा शुक्रबार ग्‍लोबल बैंकका अध्यक्ष चन्द्र ढकाल र जनता बैंकका अध्यक्ष केशव रायमाझीबीच सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

उक्त मर्जरपछि बैङ्कको नाम ग्लोबल आईएमई नै रहने बहस चलेपनि संयुक्त बैङ्कको नाम के रहने भन्ने अहिलेनै यकिन भएको छैन  । ८५ प्रतिशत स्वाप रेसियोमा जान तयार भएका छन् । यो भन्दा पहिले ग्‍लोबल आइएमई बैंकले आधा दर्जन भन्दा बढी संस्थालाई गाभेको आठ अर्ब चुक्‍तापुँजी वृद्धि गरेको थियो।

LIC
LIC



Ime Inside