सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, असार १८ । गरिमा विकास बैंक र ग्राण्डी इन्टरनेशनल हस्पिटल विच ग्राहकहरुलाई लाग्ने उपचार खर्चमा विशेष छुट दिने सम्बन्धी सम्झौता भएको छ ।
मंगलबार एक कार्यक्रमका बिच सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुखकार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र ग्राण्डी इन्टरनेशनल हस्पिटलको तर्फबाट व्यावसाय तथा बजार प्रमुख दिनेश पौड्यालले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौता पश्चात गरिमाविकास बैंकका भिजा कार्ड होल्डरहरुले ग्राण्डी इन्टरनेशनल हस्पिटलमा उपचार गराउँदा विशेष छुट प्राप्त गर्नेछन ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकका काठमाण्डौं उपत्यकामा ८ वटा शाखा कार्यालयसहित देशभर ७६ शाखा कार्यालय सञ्चालनमा रहेका छन । साथै, बैंकले निकट भविष्यमा देशका विभिन्न १५ स्थानमा थप शाखा कार्यालयहरु स्थापना गर्ने भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा