सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार १८ । नेपाल नर्सिङ परिषद्ले असार १४ गते शनिबार लिएको परीक्षामा स्टाफ नर्स र बिएस्सी नर्सिङका एक हजार ५ सय १ जना सहभागी भएका विद्यार्थीहरु मध्ये ३५ प्रतिशत मात्र उत्तीर्ण भएका छन् ।
परिषद्ले लिएको लाइसेन्स परीक्षामा ३५ प्रतिशत मात्रै नर्सले नाम निकाल्न सफल भए भने, ६५ प्रतिशत नर्स फेल भएको परिषद्ले जनाएको छ ।
जसमा ३५ प्रतिशत भनेको ५ सय २६ जना परीक्षार्थी मात्रै उत्तीर्ण भएका हुन् । नर्स काम गर्न योग्य हुनका लागि नर्सिङको अध्ययन सकेपछि परिषदले लिएको लाइसेन्स परीक्षामा नाम निकाल्नु पदर्छ ।
यो वर्षको नतिजा निराशाजनक आएको नेपाल नर्सिङ काउन्सिलकी अध्यक्ष प्रा. गोमा निरौलाले जनाइन् । सो नर्सिङ लाइसेन्सको लागि परिषदले वर्षमा ३ पटक परिक्षा लिँदै आइरहेको छ ।
हाल देशभर ९२ वटा इन्स्टिच्युटमार्फत नर्सिङ अध्ययन हुँदै आइरहेको छ । हाल नेपालमा ८८ हजार नर्स रहेको काउन्सिलले जनाएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा