सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी, असार १७ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा सोमबार राति श्रीलंकाले वेस्ट इन्डिजमाथि २३ रनको रोचक जित निकालेको छ ।
यस जितसँगै श्रीलंकाले सेमिफाइनलमा पुग्ने सम्भावना जिवित राखेको छ । आठ खेलबाट आठ नै अंक बनाएको श्रीलंका तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।
एक खेल खेल्न बाँकी रहेको श्रीलंकालाई अगाडी बढ्न अन्तिम जितसँगै अन्य टोलीको नतिजाले पनि प्रभाव पार्नेछ । वेस्ट इन्डिज यसअघिनै बाहिरिएको छ ।
श्रीलंकाले दिएको तीन सय ३९ रनको विजय लक्ष्य पाएको वेस्ट इन्डिज निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर तीन सय १५ रनमा समेटिएको थियो ।
वेस्ट इन्डिजका लागि निकोलस पुरनले शतकीय पाली खेले । पुरनले एक सय १८ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
फावियन एलनले ५१ रनको शर्धशतकीय पाली खेले । क्रिस गेलले ३५, सिमरोन हेटमेयरले २९ र कप्तान जासन होल्डरले २६ रन बनाए । श्रीलंकाका लासिथ मालिङ्गाले तीन विकेट लिए । कसुन राजिथा, जेफरी भान्डर्से र एन्जेलो म्याथ्युजले एक एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर तीन सय ३८ रन बनाएको थियो । श्रीलंकाका लागि अभिसका फर्डान्डोले शतकीय पाली खेले । उनले
एक सय चार रन बनाए । फर्नान्डोको एकदिवसीय क्रिकेटम यो पहिलो शतक हो । कुशल परेरा र दिमुथ करुनारत्नेले ९३ रनको साझेदारी गरे । परेराले ६४ र करुनारत्ने ३२ बनाए । लाहिरु थिरिमानेले अविजित ४५, कुशल मेन्डिसले ३९ र एन्जेलो म्याथ्युजले २६ रनको योगदान गरे ।
वेस्ट इन्डिजका जासन होल्डरले दुई विकेट लिए । सेल्डन कट्रेल, ओसेन थोमस र फाबियन एलनले एक एक विकेट लिएका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा