सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी, असार १५ । आइसीसी विश्वकप २०१९ को ३६ औँ लीग म्याचमा न्यूजिल्याण्डका कप्तान केन विलियमसनले एकदिवसीय क्रिकेटमा १३९ इनिङ खेल्दै ६ हजार रन पूरा गरेका छन् । एकदिवसीय क्रिकेटमा ६ हजार रन बनाउने तेस्रो क्रिकेटरका रुपमा उनलाई चिनिएको छ ।
विश्वकपको प्रतिस्पर्धामा शनिबार भएको खेलमा अष्ट्रेलियाविरुद्ध विलियमसनले ४० रन जोड्दै आफ्नो टिमलाई अगाडी बढाएका थिए ।
अष्ट्रेलियाले दिएको २४४ रनको लक्ष्य पछ्याएर ब्याटिङमा उत्रिएको न्यूजिल्याण्ड १५७ रन मात्र पूरा गरेर ८६ रनले पराजित भएको छ ।
यसैक्रममा, एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकाका हशिम अमलाले सबैभन्दा कम इनिङ खेल्दै ६ हजार रन पूरा गरेका छन् । उनले १२३ इनिङग खेलेका छन् भने, भारतीय कप्तान विराट कोहली १३६ इनिङ खेल्दै दोस्रो नम्बरमा परेका छन् । १३६ इनिङ खेल्दै कोहलीले यो कीर्तिमान बनाएका छन् ।
यसैगरी, न्यूजिल्याण्डको पूर्व कप्तान मार्टिन क्रोनले एक विश्वकपमा बनाएको सर्वाधिक रनको कीर्तिमान विलियमसनले तोडेका छन् । यो विश्वकपमा विलियमसनले ४९४ रन बनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा