सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार १५ । ‘द कपिल शर्मा शो’ कपिल शर्माको शोमा हरेक हप्ता विभिन्न सेलिब्रिटीको उपस्थिती भइरहने क्रममा यसपटकको शोमा एकता कपुर आफ्नो आगामी हरर–कमेडी वेब सिरिजलाई प्रोमोट गर्ने भएको छ ।
यसैक्रममा, हास्यकलाकार कृष्णा अभिषेकसहित किकू शारदाको पनि उपस्थिती हुनेछन् । कार्यक्रममा उनीहरु पाहुनाको रुपमा देखिने जनाएको छ । ‘द कपिल शर्मा शो’ यतिबेला कपिलले आफ्नो साथीसँग निकै रमाइलो गर्छन् । मनोरञ्जनका लागि कपिलले किकूको पछाडि तरवार लिएर दौडने योजना बनाएको छ ।
कपिल शर्माले अभिषेक र किकूको अन्तरवार्ता लिने क्रममा सोध्छन्, ‘जब तपाईंहरु यति ठूलो कार्यक्रमको हिस्सा हुनुहुन्थ्यो, यस्तोमा तपाईंले कार्यक्रम छोडेर किन अन्त जानुभयो रु’
यति भनिसकेर कपिल तरबार लिएर दुईजनाको पछाडि दौडने क्रममा उपस्थित सबैजना निकै हाँस्छन् । कपिल शर्मा एकता कपुरसँग निकै रमाइलो गर्छन् । यो एपिसोडमा मल्लिका शेरावत र तुषार कपुरको पनि उपस्थिती हुने जनाएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा