सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्वकपको ३५ औँ प्रतिस्पर्धामा श्रीलंकाले शुक्रवार दक्षिण अफ्रिकासामु २०४ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिला ब्याटिङ गर्दे श्रीलंकाको पुरै टिम ४९.३ ओभरमा २०३ रनमा अलआउट भयो । श्रीलंकाको तर्फबाट कुनै पनि ब्याट्सम्यान ५० को आकडा पनि छुन सकेनन् । दक्षिण अफ्रिकाको तर्फबाट ड्वेन प्रिटोरियस र क्रिस मोरिसले तिन–तिन विकेट लिए जबकि कागिसो रबाडाले २ र एंडिले फेलुकवायो डुमिनीले एक–एक विकेट लिए ।
म्यानचको पहिलो बलमै कप्तान दिमुथ करुणारत्ने आफना विकेट गुमाए । कागिसो रबाडाले एक शट बलमै उनको विकेट लिए । यदपी, शुरुआती झट्काबाट माथि उठ्दै कुसल परेरा (३०) र अविष्का फर्नाडो (३०) ले राम्रो सट खेले । १० ओभरमा स्कोर ७० माथि हुने थियो तब ड्वेन प्रिटोरियसले आफनो जादु देखाउदै पहिला फर्नाडोलाई आउट गरे पछि परेरालाई क्लीन बोल्ड गरे ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा