सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
टिम इंडियाका कप्तान विराट कोहलीले महान ब्याट्सम्यान सचिन तेन्दुलकरको अर्को एउटा रेकर्ड तोडेका छन् । कोहलीले वेस्टइंडिज विरुद्ध शुक्रबार म्यानचस्टरको ओल्ड ट्रैफर्ड मैदानमा ३७ रन बनाएसँगै म्याचमा सबैभन्दा छिटो ४१७ पारीमा २० हजार रन बनाउने पहिलो ब्याट्सम्यान बनेका छन् ।
भारतको लागी २५ औ ओभरमा क्यारेवियन कप्तान जेसन होल्डरले लिएर आए । यो ओभरको चौथो बलमा एक रन लिदै कोहलीले यो विराट सफलता हासिल गरेका हुन् । कोहलीले ४१७ औ पारि (टेस्ट मा १३२, वनडेमा २२३ र टि–२० मा ६२) मा उक्त रेकर्ड हासिल गरेका हुन् । जबकि सचिन तेन्दुलकर र ब्रायन लारा दुबैले २० हजार अन्तराष्ट्रिय रन पुरा गर्नको लागी ४५३ पारी खेलेका थिए ।
यो म्याचभन्दा पहिला विराटलाई यो रेकर्ड तोड्नको लागी ३७ रनको आवश्यकता थियो । साउथैम्पटनमा शनिवार अफगानिस्तान विरुद्धको म्याचमा विराट ६३ बलमा ६७ रन बनाउदै आउट भएका थिए ।
पाकिस्तान विरुद्ध खेलिएको प्रतिस्पर्धामा कोहलीले तेन्दुलकरको ११ हजार रनको रेकर्ड तोडेका थिए । सचिनले यो किर्तिमान २७६ वनडे पारीमा बनाएका थिए, जबकि कोहलीले २२२ वनडे पारीमा ११ हजार रनको स्कोर रेकर्ड आफनो नाम गरे । अष्ट्रेलियाका पुर्व विश्वकप विजेता कप्तान रिकी पोन्टिंग हुन, जसले यो उपलब्धि हासिल गर्नको लागी ४६८ पारि खेलेका थिए ।
विराट कोहलीले वेस्टइंडिज विरुद्ध ३७ रन बनाएसँगै, सचिन तेन्दुलकर (३४,३५७ रन) र राहुल द्रविड (२४,२०८ रन) पछि २० हजार अन्तराष्ट्रिय रन बनाउने तेस्रो भारतीय ब्याट्सम्यान बने । विराटले अहिलेसम्म वनडेमा १११२४, टेस्टमा ६६१३ र टि–२० मा २०६३ रन बनाएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा