सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यो साँचो हो कि इतिहासले स्वयमलाई दोहराउछ । यस्तै एउटा इतिहास पाकिस्तानको टिमलाई विश्वकप २०१९ मा दोहोरी रहेको छ । पाकिस्तानी टिमसँग एउटा मात्र होइन ३–३ संयोग भईरहेको छ, जसबाट लागेको छ कि यो पटक सरफराज अहमदले कप्तानी सम्हालेको टिमले १९९२ को इमरान खानको कप्तानीको टिमको इतिहास दोहराउदै विश्वकप आफनो नाम गर्नेछ ।
पाकिस्तानसँगको पहिलो संयोग
पाकिस्तान यो पटक विश्वकप जित्न सक्छ किनभने पाकिस्तानसँगको संयोग यस्तो छ कि पाकिस्तानले अहिलेसम्म खेलेको ७ प्रतिस्पर्धामा ३ मा हार र ३ मा जित हासिल गरेको छ भने एउटा बेनतिजा रह्यो । सन १९९२ को विश्वकप को दौरान पनि इमरान खानको टिमसँग पनि यस्तै भएको थियो जब पाकिस्तानले पहिलो ७ म्याचमा ३ जित, ३ हार र एक बेनतीजा थियो ।
विश्वकप १९९२ को पहिलो ७ म्याचमा पाकिस्तानको हालत : हार, जीत, बेनतीजा, हार, हार, जीत, जीत
विश्वकप २०१९ को पहिलो ७ म्याचमा पाकिस्तानको हालत : हार, जीत, बेनतीजा, हार, हार, जीत, जीत
अचम्मको कुरा त के छ भने पाकिस्तानले त्यो विश्वकपमा पनि भारतसँग हार ब्यहोरेको थियो ।
पाकिस्तानसँगको दोस्रो संयोग
पाकिस्तानसँग विश्वकप २०१९ को पहिलो ७ म्याचमा १९९२ को विश्वकप जस्तै भईरहेको छ । तर, एक संयोग यस्तो पनि छ कि १९९२ को विश्वकप पनि रोबिन राउण्ठ फरम्याटमा खेलीएको थियो । यस्तै कारणले यो संयोग पाकिस्तानको जीतलाई अझ बलियो बनाइरहेको छ । यद्यपी, यो आउने समयले बताउनेछ कि पासा कता पल्टनेछ ।
पाकिस्तानसँगको तेस्रो संयोग
पाकिस्तानको टिमसँग तेस्रो विश्वकप जीत्ने संयोग यस्तो छ कि १९८३ मा भारतले विश्वकप जित्यो । यसपछि १९८७ मा अष्ट्रेलियाले विश्वकप जितेको थियो । यस्तै संयोग विश्वकप २०१९ मा भयो भने २०११ को विश्वकप भारतले जितेको थियो फेरी २०१५ मा विश्वकप अष्ट्रेलियाले जितेको थियो । यसरी तेस्रो संयोग यो हो कि यो पटक विश्वकप पाकिस्तानले जित्न सक्छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा