सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार १० । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आजको नेपाल बन्द सफल भएको दाबी गरेको छ । आज साँझ विप्लवले एक विज्ञप्ति जारी गर्दे
आफ्नो पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई हत्या गरेको विरोध स्वरूप नेकपाले आह्वान गरेको एकदिने नेपाल बन्दका कारण देश पूर्ण रूपमा ठप्प भएको निष्कर्ष निकालेको छ ।
बन्दको दिन बन्दकर्ताहरूले देशका दर्जनौँ ठाउँमा बम विस्फोट गराएका छन् । ठाउँठाउँमा बन्दको अवज्ञा गरेको भन्दै सवारी साधनमा आगो लगाइएका घटना पनि सार्वजनिक भएका छन् । काठमाडौँ, नुवाकोट, चितवन, नवलपरासी, रूपन्देही, दाङ, रुकुम, रोल्पा, सुर्खेत, कैलाली, पोखरा, विराटनगर, झापा, धनकुटालगायत ठाउँमा बम फेला परेका छन् । यस्तै ठाउँठाउँमा बन्द अवज्ञा गर्ने सवारी साधनमाथि आगो लगाइएको छ । अछाममा २ वटा वडा कार्यालयमा आगो लगाइएको छ । नेपाल बन्दको पूर्वसन्ध्यामा देशैभर मशाल जुलुस निकालिएको थियो ।
नेकपाका महासचिव विप्लवले बन्द सफल भएको भन्दै देशभक्त, वामपन्थी शक्ति, क्रान्तिकारी शक्ति, प्रगतिशील पक्ष, पार्टी पङ्क्ति र जनता सबैलाई धन्यवाद दिएका छन् । साथै विप्लवले आफ्नो पार्टीप्रति जनलहर बढिरहेका कारण अत्तालिएको सरकार क्रान्तिकारी पार्टीमाथि दमनमा उत्रिएको बताएका छन् । साथै वली सरकारले राष्ट्रघात र जनघातमा यस अघिका सरकारलाई पनि उछिनेको छ भन्दै विप्लवले आफ्नो पार्टीले आयोजना गरेको नेपाल बन्द सफल बनाउन सहयोग गर्ने देशभक्त, राष्ट्रवादी, क्रान्तिकारी शक्ति, जनता र आम पार्टी पङ्क्तिलाई धन्यवाद दिएका छन् ।
यस अघि ६ गते विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले देशलाई भयानक भिडन्ततिर धकेल्ने र सत्ता लम्ब्याउने बदनियतले निःशस्त्र कार्यकर्तालाई नियन्त्रणमा लिँदै हत्या गरेको भन्दै नेपाल बन्द घोषणा गरेका थिए । गैरन्यायिक हत्यामाथि पर्दा हाल्न सरकारले कथित भिडन्तको कथा सार्वजनिक गरेको उल्लेख गर्दै उनले हत्या गरिएका कुमार पौडेललाई सहिद घोषणा गरेका थिए । साथै क्रान्तिको प्रक्रियामा बदलालिने प्रतिबद्धता व्यक्त गर्दै र सक्रिय रक्षामा रहँदै वली सरकारको षड्यन्त्रविरुद्ध सशक्त प्रतिरोध गर्न पार्टी नेता–कार्यकर्तालाई आह्वान गरेका थिए ।
विज्ञप्तिको पूर्णपाठ
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा