भर्खरै

आरोन फिंचको शतक, कंगारुले इङ्गल्याण्डलाई दियो २८६ रनको लक्ष्य


 June 25, 2019     सेतो खबर

लर्डसको ऐतिहासिक मैदानमा यो विश्वकपका दुई उत्कृष्ट टिम इङ्गल्याण्ड र अष्ट्रेलिया बिच प्रतिस्पर्धा भईरहेको छ । विश्वकपको ३२ औ म्याचमा इङ्गल्याण्डका कप्तान इयोन मार्गनले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरे । पहिला ब्याटिङमा उत्रेको कंगारु टिमले सात विकेटमा ५० ओभरमा २८५ रन बनायो । इङ्गल्याण्ड को जितको लागी २८६ रन बनाउनु पर्ने हुन्छ ।

कंगारु टिमले निर्धारित ५० ओभरमा फिंचको शतकको दममा सात विकेटमा २८५ रन बनाए । एलेक्स कैरी ३८ जबकी मिचेल स्टार्क ४ रन बनाउदै अभिजित रहे । त्यस्तै डेविड वार्नर (५३), र उस्मान ख्वाजाले २३ रन बनाए । त्यस्तै को तर्फबाट क्रिस वोक्सले २ जबकि अन्य बलरले एक–उक विकेट लिए ।

LIC
LIC



Ime Inside