सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भक्तपुर, असार ११ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्न अन्तिम तयारी भइरहेको छ ।
नतिजा प्रकाशनका लागि सम्पूर्ण तयारी सकिएको र पुनः परीक्षणको काम भइरहेको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए ।
परीक्षा नियन्त्रण कार्यालय स्रोतका अनुसार बुधबार राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाइएको छ ।
बोर्डले निर्णय गरेपछि सम्भवतः बुधबार नै परीक्षाको नतिजा सार्वजनिक गरिने छ भने नसकिए बिहिबारसम्म परिक्षा फल प्रकाशित गरीने परीक्षा नियन्त्रक अधिकारीले बताएका छन् ।
विगतमा जेठ मसान्तदेखि असार एक/दुई गतेभित्रै एसइईको नतिजा प्रकाशन हुने गरेकोमा योपटक भने ढिलो प्रकाशित हुने भएको छ ।
यसपटक प्रदेश २ मा प्रश्नपत्र बाहिरिएर पुनः परीक्षा सञ्चालन गर्नुपर्दा र जनशक्ति अभावले नतिजा प्रकाशन गर्न ढिला भएको परीक्षा बोर्डको भनाई छ ।
यो वर्षमा सातै प्रदेशबाट नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ र विगतको आंशिक गरी जम्मा चार लाख ७५ हजार परीक्षार्थी सहभागी भएका छन् ।
सामुदायिक विद्यालयबाट ३ लाख ४० हजार १९६ र निजीबाट १ लाख ३४ हजार ८०० परीक्षार्थी सहभागी छन् ।
त्यसमध्ये छात्रा दुई लाख ३८ हजार ५५८ र छात्र दुई लाख ३६ हजार ४०० रहेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा