सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
संयुक्त राष्ट्र (यूएन) का एक विशेषज्ञले म्यानमारको केही भागमा इन्टरनेट सेवा ठप्प गरेकोमा चिन्ता ब्यक्त गरेको छ । युएनले मानव अधिकार उलंघनलाई लुकाउनको लागी म्यानमारको त्यो क्षेत्रमा इन्टरनेट सेवा ठप्प पारीएको आशंका गरिएको छ, जहाँ अल्पसंख्यक रोहिग्य मुस्लिमसँग सम्बन्ध राख्ने एउटा गुरिल्ला गुट सक्रिय रहेको छ ।
मिडियामा आएको खबर अनुसार, गत २० जुनमा म्यानमारमा परिवहन तथा संचार मन्त्रालयले सबै मोवाइल प्रोभाइडरलाई राइन र चिन प्रान्तको नौ शहरमा आफनो सेवाहरुलाई अस्थाई रुपमा बन्द गर्न आदेश दिएको थियो । यसको लागी अधिकारीहरुले शान्ति भंग हुने चेतावनी समेत दिएका थिए ।
म्यानमारमा संयुक्त राष्ट्रको मानव अधिकार घटनाका विशेष दसत यांघी ली ले भने इन्टरनेट ब्ल्याकआउट ति खबरहरुको बिच आएको छ कि सेनाले सफाइ अभियान चलाइरहेको छ । यो रखाइनमा जारी मानवअधिकार उलंघनको घटनालाई लुकाउनको लागी हुन सक्छ । म्यानमारको यी इलाकाबाट सन २०१७ मा करीब सात लाख रोहिग्य मुसलमानलाई बंग्लादेशबाट पलायन गरीएको थियो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा