सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार १० । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै काठमाडौँ महानगरपालिले महानगरभित्रका विभिन्न स्थानमा पार्किङ गरेको शुल्क रु.१५ देखि रु.८० रुपैयाँ शुल्क तोकिएकोे छ ।
यसैक्रममा, मोटर साइकल अर्थात दुई पांग्रे सवारी साधनलाई न्युनतम १५ रुपैयाँदेखि अधिकतम २५ रुपैयाँ सम्म तोकिएको छ भने, चार पांग्रेको लागि न्युनतम ४० देखि अधिकतम ८० रुपैयाँसम्म शुल्क महानगरले आगामी आवका लागि निर्धारण गरिएको छ ।
यस्तै, महानगर क्षेत्रभित्रका सार्वननिक बाटो लगायत तोकिएका स्थानहरूमा एक घण्टा पार्किङ गर्ने दुई पाङ्ग्रे साधनका लागि १५ रूपैयाँ र चार पाङ्ग्रेका लागि ४० रूपैयाँका साथै चार पाङ्ग्रेभन्दा माथिका लागि १ सय रूपैयाँ शुल्क तोकिएको नगरले जनाएको छ ।
यसैक्रममा, न्युरोड, धर्मपथ, कान्तिपथ, दरवारमार्ग लगायतका भित्रि शहरी क्षेत्रमा सवारी साधन पार्किङ गरे बापत प्रतिघण्टा दुई पाङ्ग्रेका लागि २५ रूपैयाँ र चार पाङ्ग्रेका लागि ८० रूपैयाँ लाग्ने जनाएको छ।
निजी क्षेत्रबाट निजी घर, जग्गामा काठमाडौँ महानगरबाट अनुमति लिई व्यवसाय दर्ता गरी सःशुल्क सवारी पार्किङ व्यवसाय समेत सञ्चालन गर्न सकिने महानगरले व्यवस्था गरेको जानकारी दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा