सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असार १० । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क र सबैको पहुँचमा पुर्याउने प्रयास भइरहेको बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयकअन्तर्गत् स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले आगामी आर्थिक वर्षभित्रै मुलुकका सबै जिल्लामा स्वास्थ्य बिमा विस्तार गरिने जानकारी दिए ।
उपप्रधानमन्त्री यादवले भने–‘२०७७ सालसम्ममा सबै वडामा स्वास्थ्य संस्था स्थापना गरिनेछ । औषधि अभाव हुन नदिन स्थानीय तहमासमेत औषधि उपलब्ध गराउने व्यवस्था गरिएको छ । गरिब, असहाय, बेवारिसे, स्वयंसेविका महिलालगायतको उपचार निःशुल्क गरिने व्यवस्था गरिएको छ ।’
स्वास्थ्य क्षेत्रमा न्यून उपकरण र करिब तीन हजार विज्ञ कर्मचारी चाहिनेमा अहिले ६७१ मात्र छन् । एमबीबीएस चिकित्सक तीन हजार चाहिनेमा एक हजार ३३७ मात्र छन् ।
आवश्यक कर्मचारीको अभाव र न्यूनतम् बजेट भएपनि राम्रो सेवा प्रदान गर्न प्रयास भइरहेको उपप्रधानमन्त्री यादवको भनाइ थियो ।
उनले हिंसापीडितलाई एकै ठाउँबाट उपचार गर्ने, सामाजिक परामर्श, पुनःस्थापना गर्नसक्ने व्यवस्था मिलाइएको जानकारी दिँदै ५४ जिल्लाका ५५ अस्पतालमा सो व्यवस्था सुरु गरिएको जानकारी दिए ।
मुलुकका विभिन्न पाँच अस्पतालको स्तरोन्नतिका लागि छुट्टै बजेटको व्यवस्था गरिएको छ ।
स्वास्थ्य बिमा हाल ४३ जिल्लामा विस्तार भइसकेको छ भने आगामी वर्षमा सबै जिल्लामा विस्तार गर्ने तयारी छ ।
सरकारी खर्चमा विदेशमा उपचार गर्न नपाइने
नेपालमै अधिकांश रोगको उपचार सम्भव भएको भन्दै सरकारले विदेशमा उपचार गरेबापत कसैलाई पनि सरकारी कोषबाट खर्च नदिने भएको छ ।
प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री यादवले भने–‘अधिकांश रोगको उपचार नेपालमा सम्भव छ । नेपालमै हुने उपचार विदेशमा गएर उपचार गरेमा सरकारले कुनैपनि उपचार खर्च दिने छैन ।’
स्वास्थ्य नीतिमा उल्लेख भएअनुसार प्राकृतिक चिकित्साका लागि पनि बजेटमा व्यवस्था छ ।
सरकारले नसर्ने रोगको उपचारलाई प्राथमिकतामा राख्नाका साथै मानसिक स्वास्थ्य सेवा शाखा विस्तारका लागि आवश्यक बजेट व्यवस्था गरेको छ ।
कर्णालीको जनतामा स्वास्थ्यको पहुँच पुर्याउने उद्देश्यले कर्णाली अस्पताल बनाउनका लागि बजेट व्यवस्था गरिएको उनले बताए ।
१५औं पञ्चवर्षीय योजनासम्म सरकारी संस्थाहरुमा एक चिकित्सक एक स्वास्थ्यकर्मीको अवधारणालाई क्रमशः लागू गरिने जानकारी दिँदै उपप्रधानमन्त्री यादवले सरकारी अस्पतालमा अतिरिक्त सुविधासहित स्वास्थ्य सेवा लागू गरिने बताए । रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा