सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बैतडी, असार १० । गर्मीयाममा बैतडी जिल्लामा बिरामीको चाप बढ्दै गएको छ । जिल्ला अस्पतालमा हाल दैनिक ८० देखि १०० सम्म बिरामी आउने गरेका छन् ।
अहिले प्रायः ज्वरोका बिरामी उपचारका लागि आउने गरेका उक्त अस्पतालका चिकित्सक जगदिशचन्द्र विष्टले जानकारी दिए । गर्मीयाम शुरु भएसँगै बिरामीको चाप बढेको उनको भनाइ थियो ।
बिरामीमध्ये वृद्धवृद्धा र बालबालिकाको सङ्ख्या बढी छ । मौसम परिवर्तनको समयमा सुक्ष्म जीवाणु बढी सक्रिय भएर मानिसमा सङ्क्रमण गर्ने भएकाले यो समयमा बिरामीको चाप बढेको चिकित्सक विष्टले बताउनुभयो । धेरैजसो सङ्क्रमण पानीका कारणले हुने गरेकाले सफा पानी पिउनुपर्नेमा उनले जोड दिए । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा