सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय / कैलाली, असार १० । कैलालीको गोदावरी नगरपालिकामा सुरु भएको नगरसभाको खुल्ला सत्रामा व्यापारीहरुले तडकभडक गरेका कारण मंगलबार गरिएको नगरपालिकाको नगरसभा खल्लो भएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं यसै क्षेत्रका सांसद लेखराज भट्ट प्रमुख अतिथि रहनुभएको कार्यक्रममा नियोजित तरिकाले जेनेरेटर बन्द गरेर, जिन्सी सामान तोडफोड गरेर नगरसभा बिथोल्न खोज्ने काम भएको नगर प्रमुख हरिसिंह साउदले बताए । कार्यक्रममा शुभकामना मन्तव्य राख्न नदिएको भन्दै उद्योग बाणिज्य संघ अत्तरियाका केहि पदाधिकारीहरुले अवरोध सिर्जना गरेका थिए । यस बिषयमा नगरप्रमुख साउदले प्रमुख अतिथि भट्टको अर्को पनि कार्यक्रम भएका कारण र समय अभावका कारण छिटोछिटो उहाँलाई बोल्न दिएर, छिटो कार्यक्रम सक्ने गरेर कार्यक्रम गर्ने र अन्तिममा आफुले समापन गर्ने योजना अनुसार कार्यक्रम गरिरहदा, त्यसमा असन्तुष्टि जनाउदै अवरोध गरेको बताए ।
उनले भर्खरका केटाकेटीहरुको जस्तै व्यवहार देखाएको आरोप लगाउदै अवरोध सिर्जना गरेता पनि नगरसभाको खुला सत्र सम्पन्न भएको र अब भोलि छलफल हुने र पर्सि बन्द सत्र हुने प्रमुख साउदले जानकारी दिए । कार्यक्रम छोट्याएर आफुलाई बोल्न नदिएको भन्दै आक्रोशित उद्योग बाणिज्य संघका पदाधिकारीले नगरसभामा अवरोध गरेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा