सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार १० । कुपण्डोलदेखि मंगलबजारसम्म ललितपुर महानगरपासलकाले साइकल लेन बनाउने भएको छ । कुपण्डोल–जावलाखेल–लगनखेल– मंगलबजार–पुल्चोक रुटमा साइकल लेन बनाउने योजनासहित ललितपुर महानगरले टेण्डर आह्वान गरेको छ ।
साइकल लेन बनाउन ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको महानगरले जनाएको छ । उक्त रकमले कुपण्डोलदेखि लगनखेल हुँदै मंगलबजारसम्म साइकल लेन बनाउने योजना रहेको महानगरले जनाएको छ ।
कुपण्डोलदेखि मंगलबजारसम्म सडक विस्तार नगरी अहिले भएकै सडकको छेउमा १.२ मिटर क्षेत्रमा साइकल लेनका रुपमा रेखांकन गर्ने नगरपालिकाले जनाएको छ ।
यो लेन बनाएपछि साइकल यात्रीको सुरक्षाकासाथै वातावरण पनि स्वच्छ हुने महानगरले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा