भर्खरै

आज सुनको मूल्य प्रति तोला ६५ हजार ५ सय


 June 25, 2019     सेतो खबर

काठमाडौँ, असार १० । आज साताको तेश्रो दिन बजारमा सुनको मूल्य फेरी बढेको छ । सुनको मूल्यले फेरि कीर्तिमान बनाएको छ । आज सुनमा प्रति तोला ५ सयले बढेर ६५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबारदेखि प्रति तोला ६५ हजार रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य मंगलबार तोलामा ५ सय रुपैयाँ बढेको छ । चाँदीको मूल्य गएको शुक्रबारदेखि प्रति तोलाको ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

LIC
LIC



Ime Inside