सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नवलपरासी, असार १० | नवलपरासीमा अज्ञात समुहले नगरपालिकाको गाडीमा आगजनी गरेको छ । जिल्लाको कावासोती नगरपालिकाको गाडीमा सोमबार राति अज्ञाात समुहले आगजनी गरेको हो ।
कावासोती नगरपालिका उपमेयर प्रेमशंकर मर्दनिया थारुको घर अगाडि पार्किङ गरेर राखिएको लु १ झ ३२१ नम्बरको स्कर्पियो गाडिमा आगजनी भएको प्रहरीले जनाइएको छ ।
कावासोती नगरपालिका–१५, बागखोरमा रहेको घर अगाडि राखिएको गाडीमा सोमबार राति साढे १ बजेको समयमा मोटरसाइकलमा आएका दुई जना व्यक्तिले पेट्रोल छर्केर आगजनी गरेको भन्ने स्थानीयले बताएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आगजनीबाट गाडीको पछाडिको भागमा क्षति पुगेको छ भने, आगजनी गर्नेको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा