सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हुम्ला, असार १० । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकासमन्त्री दल रावलले पार्टी बैठकमा भाग लिन सरकारी बजेट खर्च गरेर सेनाको हेलिकोप्टरमा यात्रा गरेको समाचार आजको नयाँ पत्रिकाले पहिलो पृष्ठमा छापेको छ ।
समाचारमा लेखिएको छ, नेकपा हुम्लाको पहिलो जिल्ला कमिटी बैठकमा सहभागी हुन मुख्यमन्त्री शाही र सामाजिक विकासमन्त्री रावलले सुर्खेतबाट सिमकोटको यात्रा गरे । सिमकोटबाट उनीहरु कालिकोट पनि पुगे ।
शनिबार नेकपाको हुम्ला जिल्ला कमिटीको बैठक थियो । मुख्यमन्त्री शाही नेकपाका केन्द्रीय सदस्य हुन् भने सामाजिक विकासमन्त्री रावल पार्टी जिल्ला कमिटीका सचिव पनि हुन् ।
।
मन्त्रालयको बजेट खर्च गरेर हेलिकोप्टरमा उनी मुख्यमन्त्रीसहित बिहान सवा १० बजे सुर्खेतबाट सिमकोट आइपुगेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा