सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
साउथैप्टनमा अफगानिस्तान र बंग्लादेश बिच विश्वक २०१९ को ३१ औ प्रतिस्पर्धा चलिरहेको छ । यो म्याचमा अफगानिस्तानका कप्तान गुलदीन नईबले बंगलादेश विरुद्ध टस जितेर बलिङ रोजे । यस्तैमा पहिला ब्याटिङमा उत्रेको बंग्लादेशले ५० ओभरमा ७ विकेट गुमाउदै २६२ रन बनायो । यसरी अफगानिस्तानले पहिलो म्याच जित्नको लागी २६३ रन बनाउनु पर्नेहुन्छ ।
बंग्लादेशको तर्फबाट आज सलामी जोडीमा फेरबदल गरीयो । सौम्य सरकारको ठाउँमा लिटन दास ब्याटिङ गर्न उत्रिए र उनी १७ बमा १६ रन बनाउदै मुजीब उर रहमानको बलमा हशमतुल्लाह शाहीदीको हात क्याच आउट भए । यसपछि शाकिब अल हसन र तमीम इकबालले दोस्रो विकेटको लागी ५० रन भन्दा बढिको साझेदारी गरे । मोहमद नबीले दोस्रा सलामी ब्याट्सम्यान तमीम इकबाल (३६) लाई क्लीन बोल्ड गरे ।
अब बंग्लादेशी ब्याट्सम्यान साझेदारी गर्दे टिमलाई अगाडि बढाइरहेका थिए, स्कोर ३० औ ओभरमा १५० को नजिक पुग्न लागेका थिए, तब जबरदस्त फर्ममा रहेका शाकिब अल हसन आउट भए । ५१ रन बनाउदै खेलिरहेका शाकिबलाई मुजीब ले एलविडब्ल्यु आउट गरे ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा