सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी, असार ९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताको लागि कुनै पूर्व शर्त नरहेको बताएका छन् । .उनले इरानलाई कुनै हालतमा परमाणु हतियार हासिल गर्न नदिने बताएका छन् ।
यो समय इरान र अमेरिकाबीच चर्को आलोचना, विवाद बढ्दोक्रममा छ । अमेरिकाले आइतबार नै इरानको हतियार प्रणालीमाथि साइबर आक्रमण सुरु गरेको छ ।
ट्रम्पले अमेरिकालाई सत्तामा आएपछि इरानको परमाणु सम्झौताबाट हटाउँदै तेहरानमाथि प्रतिबन्ध लगाएको थियो । ट्रम्प भारतजस्ता देशलाई इरानबाट तेल खरिद गर्न रोक्न चाहन्थे ।
पत्रकार सम्मेलनमा पत्रकारहरुले राष्ट्रपति ट्रम्पलाई सोधेका थिए, ‘इरानसँग वार्ता गर्नको लागि कुनै पूर्व शर्त छ ?’ जवाफमा ट्रम्पले भने, ‘जहाँसम्म मलाई लाग्छ, कुनै पूर्व शर्त छैन ।’
ट्रम्पले भने, ‘इरानले परमाणु हतियार राख्न पाउँदैन । इरान यो मुद्दामा वार्ता गर्न चाहन्छ भने ठिक छ नत्र आगामी दिनमा इरानले बिग्रँदो अर्थव्यवस्थाको सामना गर्नुपर्दछ,।’
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा