सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार ९ । नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातमा अनिर्वाय जीपीएस प्रणाली लागु गर्ने जनाएको छ ।
राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै यातायात विभागका महानिर्देशक कुमार प्रसाद दाहालले यातायात क्षेत्रलाई थप व्यवस्थित मर्यादित र अनुगमनमैत्री बनाउन अनिवार्य जीपीएस प्रणाली लागु गर्ने जनाएका छन्।
जीपीएस प्रणाली आगामी आर्थिक वर्ष भित्र पुरा गर्ने निर्देशक दाहालले जानकारी दिए । निर्देशक दाहालका अनुसार विश्व बैंकको सहयोगमा लागु गरिने जीपीएस प्रणाली माल सामान ढुवानीका साधनदेखि साना ठूला तथा मझौला यात्रुबाहक सवारी साधनहरुमा समेत अनिवार्य गर्ने बताए। यो योजना निजी सवारी साधनमा भने लागु नगर्ने दाहालले बताए।
जीपीएसका लागि मन्त्रालयको मातहतमा विभागले गृहकार्य गरिरहेको जनाउँदै उनले जीपीएसको डीपीआर समेत तयार भइसकेको बताए।
‘सार्वजनिक यातायातमा जीपीएस ट्याकिङ्ग प्रणाली लागु नहुँदा सवारी साधन तथा सवारी धनीहरुले मनलाग्दी गरिरहेका छन् । विभागलाई त्यसको अनुगमन तथा नियमन गर्न समेत समस्या परिरहेको छ ।
यस्तो अवस्थामा यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउँदै सेवालाई थप सरल, सहज र पार्दर्शी बनाउन जीपीएस अनिवार्य छ ’ उनले भने, ‘यसैका लागि अहिले विभाग जीपीएसको गृहकार्यमा छ । आशा छ आगामी आर्थिक वर्ष ०७६/७७ सम्ममा यो काम पूरा हुने छ ।’
अहिले माल सामान ढुवानी तथा कन्टेनर सेवामा एकरुपता नरहेको जनाउँदै ढुवानी भाडालाई समेत जीपीएस प्रणाली मार्फत् सम्बोधन गर्ने गरि व्यवस्था गर्ने महानिर्देशक दाहालले जनाएका छन् । दाहालको भनाई अनुसार यसले विभागलाई मात्र नभएर सेवा ग्राही र सेवा प्रदायक कम्पनीलाई समेत फाईदा पुग्ने जानकारी दिए।
हाल विभागले सार्वजनिक यातायात तथा ढुवानी भाडा तोकिएपनि त्यो व्यवहारिकः कार्यन्वयन भईरहेको छैन । विभागले केही समय यता सार्वजनिक यातायातमा जीपीएस ट्याकिङ्ग प्रणाली लागु गर्न गृहकार्य गरिरहेको महानिर्देशक दाहालले जानकारी दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा