सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार ९ । प्रतिनिधिसभाको सोमबारको बैठकमा बौल्दै नेपाली काँग्रेसका सांसद मिनबहादुर विश्वकर्माले सरकार जातीय द्वन्द्व भड्काउने काममा लागेको आरोप लगाए ।
उक्त बैठकमा सांसद मिनबहादुर विश्वकर्माले भने, ‘सरकार नै सामाजिक सद्भाव र जाति जातिका बीचमा र नागरिक नागरिकका बीचमा द्वन्द्व गराउन चाहन्छ । उदाहरणका लागि रेशम चौधरीको कुरा पनि लिन सकिन्छ ।
यस्ता घटनामा संलग्न थुप्रै माननीयज्यूहरु संसदमा हुनुहुन्छ । तर आज म भन्न बाध्य छु चौधरी समुदायका भएका कारणले, थारु भएकै कारणले अस्पतालमा पनि नेल लगाइएको छ । यही कुरा प्रकाश सपुत र शान्ति सिंह परियारमा पनि जोडेको कुरा अवगत गराउन चाहन्छु । सरकारको गम्भीर ध्यानाकर्षण होस् ।’
सांसद विश्वकर्माले ‘गलबन्दी च्यातियो तिमिले तानेर’ भन्ने गीत गाउने गायक प्रकाश सपुत र शान्ति सिंह परियारमाथि जातीय भेदभावको दृष्टिकोणले अपमानित गर्ने र मुद्धा लगाउने काम भएको भन्दै त्यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
सत्तारुढ दलकै सांगीतिक क्षेत्रमा आवद्ध भात्तृसंस्थामा आवद्ध शभ्भू राईले आफ्नो लय नक्कल गरेको भनी मुद्धा हालेको प्रसंग उल्ल्लेख गर्दे उनले गाउँघरमा मेलापात जाँदा स्वतःस्फुर्त गाउने भाका नै लोकभाका भएको भन्दै सामान्य कलाकारले मन छुने गरी प्रस्तुत गरेको गीतमा नक्कल भयो भनी मुद्धा हाल्न पुग्नु लज्जास्पद भएको समेत टिप्पणी गरेका छन् ।
सांसद विश्वकर्माले भने, ‘शम्भू राई र उनका समर्थकले सामाजिक सञ्जालको दुरुपयोग गरी प्रकाश सपुतलाई जातीय भेदभावको दृष्टिले अति निच गाली गर्नुको साथै उनलाई हत्तोत्साहित गराउन लागि परेको बताए ।
त्यतिमात्रै होइन संविधान, कानुन र सामाजिक सद्भावको बर्खिलाप हुने गरी सिंगो दलित समुदायलाई अपमानित हुने गरी उनीहरुमाथि नीच ढंगले जातीय भेदभाव र अपमान गरेको हुनाले साइबर कानुन अन्तर्गत, जातीय छुवाछुत तथा भेदभाव कसुर ऐन २०६८ अन्तर्गत र संविधानको धारा २४ अन्तर्गत उनीहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गर्दछु ।”
उनले प्रकाश सपुतविरुद्ध मुद्धा हाल्ने र सामाजिक सञ्जालमा गाली गलौच गर्नेहरुलाई कारबाहीको दायरामा नल्याए सिंगो दलित समुदाय अन्दोलनमा उत्रिने चेतावनी सरकारलाई दिएका छन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा