सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार ९ । नेपाल र मलेसिया सरकारको प्राविधिक समूहबीच एक महिनाभित्र बैठक बस्ने समझदारी भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताएका छन् ।
सोमबार प्रतिनिधिसभामा बसेको बैठकमा विनियोजन विधेयक अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा शीर्षक माथिको छलफलका क्रममा सांसदहरुबाट आएका प्रश्नको जवाफ दिँदै मन्त्री विष्टले एक महिनाभित्र प्राविधिक समुहको बैठक बस्ने र त्यही बेला बाँकी रहेका सबै कुराहरुलाई टुङ्गो लगाउने जानकारी दिए ।
मन्त्री विष्टले दिएको जानकारी अनुसार मलेसिया सरकारले स्वास्थ्य परीक्षण मापदण्ड पठाइसकेकाले अबको केही दिनभित्र नेपालमा स्वास्थ्य परीक्षण गर्ने मापदण्ड पुगेका संस्थाको छनौट प्रक्रिया टुंगो लाग्ने बताए।
विदेशबाट फर्किएका युवालाई ऋण दिने सन्दर्भमा १९ हजार प्रस्ताव छनौट गरी मन्त्रालयले सिफारिस गरेर पठाएको र केही बैकले प्रक्रिया अघि बढाइसकेको भन्दै उनले सबै युवाहरुले ऋण प्राप्त गरी स्वरोजगारीमा लाग्ने पर्ने जानकारी दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा