सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय / अत्तरिया, असार ९ । कैलालीको अत्तरिया देखि मोहनापुल सम्म निर्माण भैरहेको ६ लेन सडक अब हिलाम्य हुन सुरु भएको छ । बर्षाको मौसम लागे संगै अलिकति पानी पर्दा पनि सडकमा हिलैहिलो हुन्छ । शनिवार देखि सुदूरपश्चिममा पनि मनसुन सुरु भएर बर्षा हुन संगै सडकको स्थिति खत्तम हुदै गएको छ ।
प्रदेशकै पहिलो ६ लेन सडकको रुपमा रहेको यस सडकको काम सुस्तगतिमा भैरहेका कारण समयमा आधा काम पनि नसकिएकाले सडक गत बर्षहरु जस्तै यो वर्ष पनि हिलाम्य हुने भएको छ । अलिकति मात्र पानी पर्दा पनि हिलैहिलो हुने सडक मुसलाधारे पानी परेपछि कस्तो होला, सोच्दा पनि मन खिन्न हुन्छ ।
अत्याधिक घाम लागेको समयमा धुलैधुलोले सताउने र सिमसिमे पानी पर्दा हिलैहिलोले सताउने यो निर्माणाधीन सडकको काम कहिले सकिएला भन्नेमा स्थानीयहरू चिन्तित छन । उता निर्माण कम्पनि भने स्थानीयहरुले नै सडक निर्माणमा रोकावट ल्याउने भएका कारण र सडक छेउमा भएका बिद्युत पोलहरु, रुखहरु हराउन समय लागेका कारण निर्माणमा ढिलाई भएको बताउदै आएको छ ।
पहिले दुई लेन मात्र रहेको सडकलाई अब छ लेन बनाउन स्थानीय स्तरबाटै चर्को आवाज उठेपछि उक्त सडकलाई ६ लेन बनाउन थालिएको हो । प्रदेशको अस्थायी सदरमुकाम र मुख्य बजार धनगढी संग जोडिने मुख्य सडक समेत भएकाले यसलाई ६ लेन बनाउनका रुपमा विकास गर्न काम भैरहदा पुराना सडकहरु भत्काएर नया बनाउन लागेका र ठाउँ ठाउँमा कल्भर्ट समेत बनाइन लागेका कारण डाईभर्सन बाटो बनाइएको छ । जसमा ठुला साना सबै गाडीहरु चल्ने भएका कारण धेरै खाल्डाखुल्डीहरु भएकाले अलिकति पानी पर्दा पनि ति खाल्डाहरु ताल नै बन्छन, जसले पैदल यात्रु, मोटरसाइकल, साइकल, अटोरिक्सा, जीप यात्रीहरुलाई सास्ती हुने गरेको छ ।
सडकको निर्माण छिटो सक्न सरकारले समेत बारम्बार निर्देशन दिदै आएको छ, यसका अलावा सडकको कामलाई तिब्रता दिन स्थानीयहरुले समेत बारम्बार आवाज उठाउदै आएका छन, कहिलेकाहीले त्यहि आवाज उग्र भएर सदाका नै ठप्प पनि हुन्छ तरपनि सडक निर्माणले अहिलेसम्म तिब्रता पाउन सकेको छैन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा