सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार ९ । सोमबार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमबीच आइएमई ग्रुपद्वारा प्रबर्द्धित आइएमई पे र एनसीसी बैंकबीच बैंकिङ्ग साझेदारसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । एनसीसी बैंक लिमिटेड आइएमई पेको बैंकिङ्ग साझेदार संस्था हुने उक्त सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
एनसीसी बैंकका खातावाहक सेवाग्राहीहरूले खाताको पैसा आइएमई डिजिटलमा रकमान्तर गर्न र आइएमई पे मार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्ने जनाएको छ ।
उक्त कार्यक्रमका एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र आइएमई पेका तर्फबाट महाप्रबन्धक खिलेन्द्र पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा