सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय / टीकापुर, असार ९ । कैलालीको टीकापुरमा निर्माणाधीन मन्दिर अगाडी राखिएको पुजाको सामाग्री चोरी गरेर भागेका भारतीय नागरिक पक्राउ परेका छन् । टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर ९ लम्की पुल नजिकै पार्वती धमालाको घर अगाडी निर्माणाधीन देउती बन्डालिको मन्दिरबाट गत मंगलबार ३ गते रातिको समयमा घण्टा, दियो, त्रिशुल लगायतका सामानहरु चोरी गरि भागेका भारतीय नागरिकलाई आइतबार साझ पक्राउ गरिएको हो ।
सोहि वडाको ब्लक नम्बर ११ स्थित बिनोद शाहको घरमा भाडामा बस्ने भारतको उत्तरप्रदेशको बहराईच नानपारा घर भएका २० बर्षीय युवक शेराद सल्मानीलाई उनकै कोठाबाट चोरी भएका सामाग्री सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) मनोहर प्रसाद भट्टले जानकारी दिनुभयो ।
डिएसपी भट्टले ३ गते राति चोरी भएको भएता पनि प्रहरीलाई ५ गते दिउसो मात्र जानकारी र निवेदन प्राप्त भएको बताउदै जानकारी पाएको समय देखि नै गोप्य रुपमा गरिएको अनुसन्धानले सल्मानीलाई पक्राउ गरिएको बताउनुभयो । निवेदनमा २ सय थान कासका घण्टी, १ थान त्रिशुल, ५ थान दियो, ३ थान चादीका मुर्ति , ३ थाना तामाका कलासा चोरीभएको उल्लेख गरिएको थियो ।
प्रहरीले उनी डेरामा बसिरहेको कोठाबाटै उनी लगायतका व्यक्तिले चोरेको मन्दिरको १ ठुलो घण्ट, १ सय १० थान कासका सानो घण्टी, ५ थान दियो लुकाइ छिपाई राखेको अवस्थामा बरामत गरेको जानकारी दिनुभयो । चोरीमा अरु पनि संलग्न भएको बताइएकाले पक्राउ परेका सल्मानी मार्फत नै अरु पनि चोरहरुको पत्ता लगाउने भट्टले बताउनुभयो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा