सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, असार ९ । लोकसेवा आयोगले स्थानीय तहका लागि आह्वान गरेको विज्ञापनमा झन्डै ३ लाखको आवेदन परेको छ। आयोगका अनुसार आइतबार साँझ ५ बजेसम्म २ लाख ९३ हजार २ सय ७१ जनाको आवेदन दर्ता भएको छ।
जसअन्तर्गत खुलातर्फ २ लाख ८९ हजार ७ सय ८८, जनजातितर्फ ३१ हजार १ सय ३६, मधेसीतर्फ १८ हजार १ सय ८८, दलिततर्फ २ हजार २ सय ३९, अपांगता भएकातर्फ १ सय ११ र पिछडिएका क्षेत्रतर्फ ८७ जनाको आवेदन परेको आयोगले जनाएको खबर राजधानी दैनिकमा छ।
आवेदन बापत झन्डै ६ करोड राजस्व संकलन भएको छ। आयोगका अनुसार ५ करोड ५४ लाख ५९ हजार १ सय रुपैयाँ राजस्व संकलन भइसकेको छ। आयोगले दिएको आवेदनको समयावधि मंगलबार राति १२ बजेबाट समाप्त हुँदै छ। प्राविधिक समस्याका कारण आवेदन दिन नपाएको गुनासोपछि आयोगले समयावधि थप गरेको थियो। आवेदकले अनलाइन आवेदनमा अझै समस्या उत्पन्न भएको गुनासो गर्दै आएका छन्।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा