सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, असार २ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल यो साताभित्र सार्वजनिक गर्ने भएको छ।
गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकोमा यस वर्ष भने प्रदेश २ मा परीक्षा स्थगित गरी पुनः परीक्षा सञ्चालन गर्नुपरेको र कर्मचारी समायोजनका कारण कर्मचारीको अभाव भएकाले नतिजा प्रकाशनमा केही दिन ढिला हुने भएको बोर्डले जनाएको छ।
परीक्षा नियन्त्रण कार्यलयका नियन्त्रक विष्णु प्रसाद अधिकारीले सबै तयारी पुरा भैसकेको र डाटा इन्ट्रिको काम पनि लगभग सकिसकेकोले नतिजा यहि हप्ता आउने बताए ।
यस वर्ष गत चैत १० गतेबाट सुरु भएको एसइई परीक्षामा नियमिततर्फ ४ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका छन्। बोर्डले छिटोमा असार १० गते ढिलोमा असार १४ गतेसम्म नतिजा सार्वजनिक गर्नेगरी काम गरिरहेको बताएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा