सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय / तुलसीपुर, असार ८ । दाङमा आइतबार साझ साढे ५ बजे स्कार्पियोले हाईसलाई ठक्कर दिदा हाईसमा सवार ७ जना घाईते भएका छन् ।
जिल्लाको घोराहीबाट तुलसीपुर जाँदै गरेको बा १४ च ८८५१ नम्बरको स्कार्पियो र विपरित दिशाबाट आउँदै गरेको बा ३ ख १४०३ नम्बरको हाईस तुलसीपुर उपमहानगरपालिकाको गुल्मचोक नजिक एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
उक्त दुर्घटनामा परि घाईते भएका सातैजनाको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल उपचार भईरहेको प्रहरीले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा