सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पाकिस्तानले दक्षिण अफ्रिका सामु ३०९ रनको लक्ष्य प्रसतुत गरेको छ । लडर््स्को ऐतिहासिक मैदानमा विश्वकप २०१९ को ३० औ म्याचमा पाकिस्तानका अगाडि दक्षिण अफ्रिकासँग भईरहेको छ । यो म्याचमा पाकिस्तानका कप्तान सरफराज अहमदले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय गरे । विश्वकपको पहिलो प्रतिस्पर्धा भएको लर्डसको मैदानमा पाकिस्तानको टिमले पहिलो पारीमा ५० ओभरमा ७ विकेटको नोक्सानीमा ३०८ रन बनायो ।
पाकिस्तानको ओपनर ब्याट्सम्यान फखर जमा र इमाम उल हकले टिमको लागी राम्रो शुरुवात गरे । दुबैले पहिलो विकेटको लागी ८१ रनको साझेदारी गरे । यो साझेदारीलाई इमरान ताहिरले तोड्यो र फखर जमालाई ४४ रनको स्कोरमा हाशिम अमलाको हात क्याच आउट गराए ।
टिमका अनुभवी ब्याट्सम्यान मो. हफीजलाई मार्करनले २० रनको स्कोरमा पवेलियन फर्काए । मार्करमले हफीजलाई एलविडब्ल्यु धरापमा पारे । बाबर आजमले आफनो टिमको लागी शानदार पारी खेले र ६९ रन बनाए । उनको पारीको अन्त फेहलुकवायाले गरे ।
पाकिस्तानको पाँचौ झट्का इमाद वसीमको रुपमा लाग्यो । इमाद वसीम लुंगी नागिदीको बलमा नेपी डुमनीको हात १५ बलमा २३ रन बनाएर क्याच आउट भए । पाकिस्तानको छैठौ झट्का पारीको अन्तिम ओभरमा पहिलो बलमा लाग्यो जब वहाब रियाज ४ बलमा ४ रन बनाउदै नगिदीको बलमा क्लीन बोल्ड भए ।
पाकिस्तानको टिमको सातौ झट्का हैरिस सोहेलको रुपमा लाग्यो । हैरिस सोहेल नगिदीको अन्तिम ओभरमा पाँचौ बलमा क्विंटन डिकाकको हात क्याच आउट भए । सोहेलले ५९ बलमा ८९ रन बनाए । साउथ अफ्रिकाको तर्फबाट लुंगी नगिदीलाई ३, इमरान ताहिरलाई २ र फेलुक्वायो र एडन मार्करमले एक–एक विकेट लिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा