सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, असार ८ । सांग्रिला डेभलपमेन्ट बैंक र भाटभटेनी मनी ट्रान्सफर बीच विप्रेषन कारोवार सम्बन्धी सम्झौता भएको छ ।
बैकको मुख्य कार्यालयमा आयोजीत एक कार्यक्रममा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र भाटभटेनी मनी ट्रान्सफरका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक राजन कुमार अमात्यले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौता अनुसार बैंकका ग्राहक महानुभावहरुले स्वदेश तथा विदेशबाट भाटभटेनी मनी ट्रान्सफर मार्फत पठाएको रकम सांग्रिला डेभलपमेण्ट बैंकको देशैभरी रहेका शाखा कार्यालयहरुबाट सहज तथा सरल रुपमा प्राप्त गर्न सक्नेछन् ।
यो सेवा अन्तर्गत ग्राहक महानुभावहरुले बैंकको हाल संचालनमा रहेका ८५ वटै शाखाहरुबाट आफ्ना यो सुविधाको थालनी गरेको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा