सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार ८ । आइतबार जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरेको ‘योङ माइन्डस् इन्टरटेनमेन्ट अवार्ड २०७६’ मा राष्ट्रिय गीतका सर्जक ब्याकुल माइला ‘राष्ट्रिय गायन’ सम्मानबाट सम्मानित भएका छन् ।
उक्त कार्यक्रममा चलचित्र पत्रकार शान्ति प्रिय, कृष्ण भट्टराई र लक्ष्मण सुवेदी समेत सम्मानित भएका छन् । ‘योङ माइन्डस् इन्टरटेनमेन्ट अवार्ड २०७६’मा तीनै जनालाई ‘योङ माइन्डस् इन्टरटेनमेन्ट पत्रकारिता विषेश सम्मान २०७६’ प्रदान गरेको थियो ।
सो कार्यक्रममा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बरिष्ठ कलाकार जयनन्द चन्दलाई दिने भनेको पनि उनी स्वस्थ्यका कारणले कार्यक्रममा उपस्थित हुन नसकेपछि उनको सम्मान घरमै पठाइएको आयोजकले जनाएको छ । ७८ बर्षीय चन्दको हाल अल्का अस्पतालमा उपचार भइरहेको छ । उनले थुपै चलचित्रमा अभिनय गरेका छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा