सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सुरज न्यौपाने/ काठमाण्डौँ, असार ८ । काठमान्डौँको बानेश्वर स्थित ग्लोबल कलेज इन्टरनेशनलमा बिध्यार्थीहरुको अगुवाईमा बार्षिक कार्यक्रम हुने भएको छ ।
आगामी असार १० देखि १४ गते सम्म चल्ने उक्त मेलामा विभिन्न स्टलहरु राखिनुका साथै बिद्यार्थीहरुको सिर्जनशीलता, आबिष्कारलाइ प्रोत्साहित गर्दै विभिन्न मोटिभेस्नल व्यक्तित्वहरु द्वारा व्यक्तित्व बिकास तथा नेत्रृत्व बिकास सम्बन्धि कार्यक्रमहरु पनि हुने भएको छ ।
ग्लोबल बिध्यार्थी समूह ले खोज तथा अनुसन्धान, उधमशिलाता , ज्ञानबिकाश र सामाजिक क्लब गरि चार वटा क्षेत्र बनाइ कार्यक्रम गर्न लागेको हो । चारै वटा समुहलाई बराबर प्राथमिकतामा राखी कार्यक्रम सञ्चालन हुने आयोजकले बताए ।
कार्यक्रम निशुल्क र खुला भयको हुदा इक्छुक सबै मिडियाकर्मी, बिद्यार्थी, शिक्षक तथा अन्य सबै ब्यक्तित्वहरु कार्यक्रममा सहभागी हुन सक्ने भन्दै कलेजका संयोजक सुशान्त मरासिनीले सबैलाई आमन्त्रित गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा