सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार ८ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आइतबार पार्टीको केन्द्रीय कार्य समितिको विस्तारीत बैठकमा बोल्दै सरकारको कार्यशैली सर्वसत्तावादतर्फ उन्मुख हुँदै गएको निचोड निकालेको छ। उक्त बैठकले निकालेको निर्णय सार्वजनिक गर्दै सरकार सर्वसत्तावादतर्फ उन्मुख भएकोमा उनले चिन्ता व्यक्त गरे ।
अनुसन्धान र कारवाही गर्ने निकायलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत केन्द्रीकृत गर्ने , मिडिया काउन्सिल विधेयकमार्फत् सञ्चार माध्यमलाई नियन्त्रणमा लिने र मानवअधिकार आयोगलाई निस्कृय बनाउने प्रयासले सरकारको सर्वसत्तावादको चरित्र स्पष्ट पारेको अध्यक्ष थापाले बताए ।
प्रधानमन्त्रीले प्रधानसेनापति समेतलाई बाईपास गरि सेना परिचालनको अधिकार लिन खोज्नु, भ्रष्टाचार बढ्दै जानु, संवैधानिक निकाय, आयोग, प्रशासन लगायतमा क्षमता र योग्यता भन्दा पार्टीप्रति आस्था राख्नेलाई मात्रै नियुक्त गर्ने गरेको अध्यक्ष थापाले उल्लेख गरेका छन्।
यसैक्रममा, राप्रपाले विवादास्पद गुठी विधेयक फिर्ता नभई पूर्ण खारेजीको माग गरेको छ । विस्तारित बैठकले संगठित र योजनावद्ध धर्म परिवर्तन भइरहेकोमा चिन्ता व्यक्त गरेको छ। राप्रपाले सरकारलाई बुझाएको २२ बुँदे मागहरु पुरा नभए दोश्रो चरणको संघर्ष थाल्ने चेतावनी समेत दिए ।
विस्तारीत बैठकले गरेको निर्णय अनुसार पहिलो चरणको जनसंघर्षका सबै कार्यक्रमहरुमा उत्साहजनक जनसहभागिता रहेको निष्कर्ष निकाल्दै दोश्रो चरणको संघर्षलाई अझै सशक्त र प्रभावकारी बनाउने जनाएको छ ।
पार्टी एकीकरणका लागि सधैँ तयार रहेको राप्रपाले जनाए । पार्टी एकताबारे केन्द्रीय समितिमा उठेका प्रश्नको जवाफ दिँदै अध्यक्ष थापाले एकताको सम्झौताको खाका पनि बुझाइसकेकाले यसबारे केन्द्रीय समितिमा बहस गर्नु आवश्यक नभएको जानकारी दिए।
२०७६ साललाई संगठन निर्माणको वर्षको रुपमा लिँदै २०७७ जेठमा महाधिवेशन गर्ने निर्णय राप्रपाले गरेको जानकारी दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा