सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हुम्ला, असार ८ । काठमाडौँको बालगृहमा रहेका २४ जना बालबालिकाको उद्धार गरि अभिभावकलाई जिम्मा लगाएको छ । हुम्लाबाट ल्याएर काठमाडौँको सुकेधारामा रहेको ऐश्वर्य बालगृहमा राखिएका २४ जना बालबालिकाको उद्धार गरी अभिभावकको जिम्मा लगाएको छ।
२४ जना बालबालिकालाई उक्त बालगृहबाट उद्धार गरि हुम्लाका प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल, सम्बन्धित वडाध्यक्ष र सुरक्षा निकायको रोहबरमा अभिभावकलाई जिम्मा लगाएको हो ।
कक्षा १२ सम्म निःशुल्क पढाइदिने भन्दै हुम्लाका विभिन्न गाउँबाट ऐश्वर्य बालगृहमा अलपत्र पारेको बालबालिकाको उद्धार गरि अभिभावकको जिम्मा लगाएको हिमाली नवीन समाज नामक संस्था हुम्लाका कार्यकारी निर्देशक धनबहादुर लामाले जानकारी दिए।
अवैध रुपमा विभिन्न जिल्लाबाट ऐश्वर्य बालगृहमा पुर्याइएका १ सय २४ जनामध्ये हुम्लाका ८४ जना बालबालिका रहेको यो संस्थाले जानकारी दिए ।
केन्द्रीय बाल कल्याण समिति, बालबालिका खोजतलास केन्द्र, जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र हिमाली नवीन समाज हुम्लाको पहलमा बालबालिकाको उद्धार गरी परिवारको जिम्मा लगाएको निर्देशक लामाले बताए ।
आवश्यक मापदण्ड पूरा नगरी सञ्चालन गरेको बालगृहले कतिपय बालबालिकालाई विद्यालयसमेत नपठाएको र उनीहरुको स्वास्थ्य स्थितिमा समेत ध्यान दिइएको थिएन् ।
बालबालिकालाई आफन्तको जिम्मा लगाउँदै बालबालिका ओसार–पसारमा संलग्न सबैमाथि अनुसन्धान गरी कारवाही गर्ने प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले बताए ।
गाउँमा अभिभावकबाट ३० हजार देखि १ लाखसम्म रकम लिएर कक्षा १२ सम्म निःशुल्क पढाइदिने भन्दै बालबालिकालाई काठमाडौँ लगेको सिमकोट–१ कुम्ली गाउँका रामभक्त उपाध्यले जानकारी दिए ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा