सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कैलाली, असार ८ । धनगढीमा आयोजीत नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको प्रथम साधारण सभा १० बुँदे घोषणा पत्र जारी गरेर सम्पन्न भएको छ ।
संघीय संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक तत्काल खारेज गर्न माग सहितका विभिन्न बुँदा समेटिएको घोषणा पत्र जारी गर्दै साधारण सभा सम्पन्न भएको हो ।
यसैक्रममा, घोषणा पत्रमा संविधानको मर्म र भावना विपरित प्रेस स्वतन्त्रता र अभिव्यक्ती स्वतन्त्रता कुण्ठित गर्ने प्रकारका नीति तथा कानून नल्याउन उक्त समितिले सरकारलाई आग्रह गरेको छ ।
धनगढीमा भएको प्रथम साधारणसभाले यथाशीघ्र नयाँ सञ्चार नीति ल्याउन, श्रमजीवी पत्रकारको पेशागत र भौतिक सुरक्षा गर्दै न्यूनतम पारिश्रमिक लागू गर्न, सञ्चारसँग सम्बन्धित प्रेस काउन्सिल, सूचना विभाग, सूचना आयोगलगायतका निकाय प्रदेशस्तरमा स्थापना गर्न माग गरेको छ ।
पत्रकार आचारसंहिताको पूर्णपालना गर्न पत्रकारलाई आह्वान गरेको उक्त घोषणापत्रमा उल्लेख गरिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा