सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार ८ गते । लोकसेवा आयोगले स्थानीय तहमा रिक्त नौ हजारभन्दा बढी पदका लागि माग गरेको विज्ञापनका लागि शनिबार दिउँसोसम्म साढे दुई लाखभन्दा बढीले फाराम भरेका छन् ।
असार ३ गतेसम्म फाराम भर्ने मिति तोकिएकोमा अनलाइन फाराम भर्न केही समस्या आएपछि आयोगले असार १० गतेसम्मका लागि अवधि थप गरेको छ ।
शनिबार दिनको साढे ३ बजेसम्म दुई लाख ५५ हजार ७२६ परीक्षार्थीले अनलाइन फाराम भरेका छन् । जसमध्ये दुई लाख ५२ हजार ७६३ खुला, ६१ हजार ८०० महिला, २७ हजार ५०४ जनजाति आदिवासी, १६ हजार २५२ मधेसी, एक हजार ९७४ दलित, १०२ अपाङ्गता भएका र ८३ पिछडिएको क्षेत्रबाट फाराम भरेको जानकारी आयोगका प्रवक्ता किरणराज शर्माले दिनुभयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा