सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, असार ८ । केरुङ–काठमाडौं रेलमार्गको विषयलाई लिएर नेपालमा चलेका टिप्पणीप्रति चीनले असन्तुष्टि जनाएको छ। केही समयअघि काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपालका लगि चिनियाँ राजदूत होउ याङ्चीले पनि यस्तै आशयको धारणा सार्वजनिक गरेकी थिइन्।
कान्तिपुर दैनिकमा समाचार छ, उनको आबयसँग मेल खानेगरी चिनियाँ पक्षले बेइजिङमा नेपाली प्रतिनिधि मण्डलसामु असन्तुष्टि जनाएको हो। नेपाल–चीन रेलमार्ग सहयोगसम्बन्धी चौथो द्विपक्षीइ सचिवस्तरीय वार्तामा पनि यस्तो दृश्य देखिएपछि नेपाली पक्ष मिडियासँग बोल्न हच्किएको थियो।
‘चिनियाँ पक्षको असन्तुष्टि बुझेरै हुन सक्छ, नेपालका कुनै पनि सदस्यले मिडियासँग प्रतिक्रिया जनाउन चाहेनन्’, स्रोतले भन्यो, ‘सायद चिनियाँहरू यो विषयमा निकै संवेदशील भएको नेपाली टोलीले महसुस गरेको हुनसक्छ।’ नेपालका मिडियामा चिनियाँ रेलबारे एकदमै ‘हाइलाइट’ भएका खबर चिनियाँ सञ्चारमाध्यममा अनुवाद गरी छापिएका थिए। कामभन्दा कुरा बढी भइरहेकाप्रति चीनले मौखिक असन्तुष्टि जनाएको स्रोतको दाबी छ।
बेइजिङस्थित नेपाली राजदूतावासका तर्फबाट नेपाल–चीन रेलमार्ग सहयोगसम्बन्धी बैठकमा सहभागी मिनिस्टर सुशील लम्सालले भने, ‘केरुङ–काठमाडौं रेलमार्ग भौगोलिक रूपमा निकै जटिल भएकाले धैर्यपूर्वक तयारी गर्नुपर्छ।’
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा