सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय / काठमाडौ, असार ६ । टीकापुर घटनाको मुख्य योजनाकार भएको र थारु आन्दोलनको नाममा एक नाबालक सहित ८ प्रहरीको हत्या गरेको भन्दै जन्मकैद जेल जीवन बिताइरहेका सांसद रेशम चौधरी समयसमयमा चर्चामा आइरहन्छन । आन्दोलन पश्चात् अढाइ बर्षसम्म भुमिगत जीवन बिताएर डेड बर्ष अघि भएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा ३४ हजार ३ सय ४१ मत ल्याएर बिजय भएर पनि निर्वाचन आयोगले प्रमाणपत्र नदिएपछी कैलाली जिल्ला अदालतमा स्वयं आत्मसमर्पण गरेका चौधरी अहिल पुनः चर्चामा छन ।
कैलाली कारागारमै अनशन बसेर बिरामी भएपछि काठमाडौ पुगेका चौधरीलाई सरकारले शपथग्रहण समेत गराएको थियो तर कैलाली जिल्ला अदालतले उनी हत्यारा नै भएको भन्दै केही महिनाअघि मात्र जन्मकैदको घोषणा गरेपश्चात चौधरी काठमाडौको डिल्लीबजार कारागारमा छन । बारम्बार बिरामी भैरहने उनलाई लामो समयदेखि हाडजोर्नी र फोक्सो समस्या रहेको प्रहरीले जनाएको छ । बिगत २ हप्तादेखी वीर अस्पतालमा दैनिक थेरापी गरिरहेका चौधरीलाई बोनम्यारो भएपछि बिहीवार वीर अस्पतालको आकास्मिक कक्षमा उपचार गराइरहेका छन ।
उनी पुनः चर्चामा आउनुको कारण हो, उनलाई प्रहरीले वीर अस्पताल पुर्याउदा साङ्लो बाधेरै लिएको र अस्पतालको शैयामा पनि उनको खुट्टामा नेल बाधेर राखेको सम्बन्धि । खुट्टामा नेल बाधेको फोटाहरु भाइरल भएपछि उनको पक्ष र विपक्षमा आवाज उठेका छन, सामाजिक सञ्जालमा पनि उनको पक्ष-विपक्षमा आफ्नो धारणा राखिरहेका छन । उनलाई अदालतले नै दोषी भनेर कारवाही सुनाएको भन्दै उनी भाग्न सक्ने भएकाले नेल लगाएर अस्पतालमा राखेको प्रहरीले जनाएको छ ।
यहि बिषयमा थारु संघर्ष समिती कैलालीमा अध्यक्ष माधव चौधरीले सेतो खबर संग कुरा गर्दै सांसद रेशम चौधरी माथि सरकारले अन्याय गरेको आरोप लगाए । उनलाई जनताले बहुमतका साथ चुनेको स्मरण गर्दै यदि उनी दोषी नै भए निर्वाचन आयोगले चुनावताका उम्मेदवारी दर्ता नस्विकार्नुपर्ने, जनताले बहुमत नदिनुपर्ने, सरकारले शपथग्रहण नगराउनुपर्ने भन्दै आक्रोश व्यक्त गरे । भर्खरै संघर्ष समितिको अध्यक्ष बनेका उनले सरकारले सांसद माथी अन्याय गरेको आफुलाइ सह्य नहुने बताए । थारु भएकै कारण जनताले चुनेको जनप्रतिनिधिलाई सरकारले जेलमा थुनेको, त्यतिले मात्र नपुगेर साङ्लो लाएरै अस्पताल लगेको बताए । “सांसद चौधरीलाई उपचार गर्दा पनि यसरी साङ्लो लगाउने हो भने उनी कसरी स्वस्थ हुन्छन ।” चौधरीले भने, “यदि सरकारको यस्तै रवैया हो भने हामी शान्तिपुर्ण आन्दोलनमा उत्रीन्छौं, हामीले तोकेको आन्दोलनको कार्यक्रम भन्दा पनि आन्दोलन हुनसक्छन् ।” सांसद चौधरीलाई सरकारले न्याय दिनुपर्ने उनले बताए ।
यस्तै थुप्रै चौधरी नेता तथा कार्यकर्ता अहिले आक्रामक बनेका छन । सांसद रेशम चौधरीको व्यक्तिगत फेसबूक ह्यान्डलमा ट्याग गर्दै उनको पक्षमा र सरकारको बिपक्षमा थुप्रै नेता तथा कार्यकर्ताले स्टाटस समेत राखेका छन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा