सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बारा, असार ६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाले बारा जिल्ला अदालतका खरिदारलाई १८ हजार घुससहित रङ्गेहात पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारागढी गाउँपालिका–२ बस्ने वर्ष ३० का सुनिल चौधरी रहेको अख्तियारका सूचना अधिकारी देवकुमार राईले जानकारी दिए ।
लेनदेनको मुद्दामा सेवाग्राहीको नाममा पाँच कठ्ठा जग्गा पास गर्नका लागि मालपोतमा सिफारिस लेखिदिन घुसबापत रु १८ हजार सेवाग्राहीलाई दिने क्रममा चौधरी पक्राउ परेका थिए ।
स्रोतका अनुसार सेवाग्राहीसँग पटक पटक गरी रु १२ हजार अगाडि नै चौधरीले लिइसकेको थियो सूचना अधिकारी राईले भने ।
पक्राउ परेका चौधरीलाई अख्तियारको क्षेत्रीय कार्यालयमा लगिएको र भोलि मात्र काठमाडौँ पठाउने सूचना अधिकारी राईले जानकारी दिए । चौधरीलाई विशेष सूचनाको अधारमा पक्राउ गरेको थियो । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा