सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार ६ । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा शुक्रबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वस्थ मानसिकताबाट बच्न सबैले योग गर्नुपर्ने बताए ।
‘योगको अभ्यास भाषा र लिपी सुरु हुनुभन्दा धेरै अघिबाट सुरु भएको हो, प्रधानमन्त्री ओलीले भने, ‘मानिस स्वास्थ्य रहनका लागि योगको निरन्तरता जरुरी छ।’ प्रधानमन्त्री ओलीले नेपालमा योगको अभ्यास परम्परागत कालदेखि हुँदै आएका प्रमाणहरु धेरै भेटिएको बताए ।
उनले भने, ‘हामीले पाँच/छ हजार वर्ष पहिलेका मूर्तिहरु हेर्यौं भने पनि योगका विभिन्न आशनहरु देखिन्छन्’। प्रधानमन्त्री ओलीले लोभ, मोह र क्रोधबाट मुक्त हुनका लागि योग र नियमित ध्यान गर्नु उपयुक्त हुने धारणा व्यक्त गरे ।
देशलाई आवेश उत्तेजनातिर लैजान खोजेको र त्यस्ता प्रयासलाई निस्तेज गरेर सरकार अघि बढ्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा